कलैया , जेठ २०
मिति २०७८/०२/१९ गते राती जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.६ स्थित यस जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा तिन बस सहित चालकलाई पक्राऊ गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय बारा समेतबाट जारी निषेधाज्ञा आदेश बिपरीत हेटौडा, भरतपुर, काठमाण्डौसम्म पु-याइदिने भनी बढी भाडा लिई बिभिन्न स्थानबाट यात्रु चढाई आएको ना ५ ख ३९४६, ना ६ ख ९०९७ र प्रदेश नं.२-०३००१ ख-०१५८ नम्बरको रात्री सेवा बस नियन्त्रणमा लिई बसका यात्रीलाई निजहरूले तिरेको बसभाडा फिर्ता गराई यात्रीहरूलाई छोड़िएको थियो।उक्त बसका चालक तथा बसहरू आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ।