कलैया , जेठ २१
विश्वभरी फैलिदै गर्इरहेको नयाँ भेरियन्ट कोभिड-१९ महामारी नेपालमा समेत फैलिएको तथा पछिल्ला दिनहरुमा बारामा समेत सङ्क्रमणदर तिब्ररुपमा बढिरहेको सन्दर्भमा DCCMC र जिल्ला कोभिड व्यवस्थापन समितिका विभिन्न मितिमा भएका सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीबाट निषेध आदेश जारी भएको व्यहोरा अवगत नै छ । कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को देहाय १७ नं.बमोजिम जिल्ला कोभिड व्यवस्थापन समितिको मिति २०७८/०२/२१ गते बसेको बैठकबाट यस अघि जारी आदेशलार्इ निरन्तरता दिदै सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन,२०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०२/२२ गते राती १२:०० बजेदेखि २०७८/०२/३० गते राती १२:०० बजेसम्म बारा जिल्लाभर लागु हुने गरी देहाय बमोजिमको निषेध आदेश जारी गरिएको छ । यो आदेशको पालना गर्नु सबै व्यक्ति/संघ संस्था/पेशाकर्मी/व्यवसायी तथा आमनागरिकको कर्तव्य हुनेछ । यस आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरार्इन्छ ।