वीरगञ्ज, जेठ २१
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुवार्वा भाठामा बर्थिंग सेनटर निर्माणको शिलान्यास गरिएको छ ।गाउँपालिकाको वडा न. २ मा ३१ लाख २९ हजार रुपैयाको लागतमा निर्माण हुने बर्थिंग सेनटरको आज एक कार्यक्रमका बिच वडा अध्यक्ष संजय चौहान र गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियरले संयुक्त रुपमा शिलान्यास गरेर बर्थिंग सेनटर निर्माण सुभारम्भ गरेका हुन् ।

निर्माण हुने बर्थिंग सेनटरमा लाग्ने बजेटमध्ये केन्द्र सरकारको अनुदान सहयोग २५ लाख र स्थानीय बजेट दुई लाख ५० हजार र लागतको २० % जनश्रम परिचालन गरिने वडा अध्यक्ष चौहानले बताए। बर्थिड्ड सेन्टर निर्माण भए पछि विन्दवासिनीका साथै सो आसपासका क्षेत्रका गर्भवति महिलाहरूलाई सुरक्षित सुत्केरी गराउन सहज हुने पालिको स्वास्थ्य संयोजक नरेश चौहानले बताएका छन् । निर्माण उपभोक्ता समितिका अध्यक्ष आनन्दराज चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा जयनारायण पंडित, सरोज चौहानलगायत स्थानीय नागरिक अगुवा र प्रहरी प्रतीनीधीको सहभागिता थियो ।