

रौटहट , जेठ २२
नेपाल पत्रकार महासंघ रौतहटले आर्थिक बर्ष २०७८/७९ को वार्षिक कार्यक्रम तथ बजेट निर्माण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित होटल एएन प्लाजामा आज सो सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महांघको विधान बमोजिम आउदो आर्थिक बर्षमा के कस्ता कार्यक्रमहरु सञ्चालनमा ल्याउने सोको बार्षिक कार्यक्रम तथा बजेट निर्माण गर्नु पर्ने प्रावधान रहेकाले आज नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारी लगायत सक्रिय पत्रकारसहितले आगामी बर्षको कार्यक्रमको खाका तथा अनुमानित बजेट निर्माण गरेको छ । रौतहटमा रहेका १८ ओटै स्थानिय तहहरुमा क्रियाशिल पत्रकारहरुको क्षमता बृद्धि गर्नका तालिम , पत्रकारहरुको निशुल्क स्वास्थ्य उपचारको लागी अस्पतालहरुमा समन्वय गर्ने , पत्रकार महासंघका सदस्यहरुको प्रोफाइल दस्तावेजीकरण गर्ने , रौतहटमा सञ्चालनमा रहेका रेडियो , पत्रपत्रिका , अनलाइन लगायतका सञ्चार गृहहरुको विवरण संकलन गर्ने , सामाजिक सञ्जालमा हुने गरेका अबैधानिक आरोप प्रत्यारोपलाई नियन्त्रण तथा कारवाहीको दायरामा ल्याउने जस्ता कार्यक्रमहरुले प्राथमिकता पाएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनु भयो । पत्रकारहरुको हकहितका लागी पत्रकार महासंघ रौतहटले आफ्नो कार्यक्रमलाई तदरुकताका साथ कार्यन्वयन गर्न पत्रकार महासंघका रौतहटका सल्लाहाकार संजय कार्कीले सुझाव दिनु भयो । कार्यक्रममा रौतहटमा रहेर पत्रकारिता क्षेत्रमा कार्य गर्दै आउनु भएका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।