बिरगंज , जेठ २२
विश्व वातावरण दिवसका अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवा स्थित शान्ती बाटिकामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । आज ब्रम्हाकुमारी राजयोग उप सेवा केन्द्र पिलुवाले बाटिका परिषरमा कार्यक्रमको आयोजना गरेको हो । विश्व वातावरण दिवस विशेष कार्यक्रममा वृक्षरोपण सहित वातारण संरक्षणका विषयमा चर्चा समेत गरिएको थियो । डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी लगायत स्थानिय बुद्धिजीवी, शिक्षक , सामाजिक अगुवा, पत्रकार तथा छात्रछात्रा सहित एक दर्जन मानिसहरु कार्यक्रममा सहभागी थिए ।आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका शिवाकोटीले स्वच्छ वातारण निर्माण र संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । हरियाली वनजंगल बचाउन सके दिवस मनाउनुको अर्थ सार्थकता हुने वहाँको भनाई थियो । प्राकृतिक सौन्दर्य, वनजंगल, हिमाल, पहाड र पानीका श्रोतनै स्वच्छ वातावरणका रुप हुन् , यीनको रक्षा गर्नु पर्ने वहाँको भनाई छ । वातारणमा असर गर्ने , मानव स्वास्थ्यमा प्रभाव पार्ने गतिविधि गर्ने छुट कसैलाई नभएको शिवाकोटीले बताउनु भयो । यस्तै स्थानिय छात्राहरु स्नेहा र सुस्मीता शिवाकोटीले कार्यक्रममा विश्व वातावरण दिवसका सन्दर्भमा निवन्ध बाचन गरेका थिए ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ की वडा सदस्य एवम् न्यायिक समिति सदस्य तुलसा मैनाली,पूर्व शिक्षक अनिल मैनाली ,पत्रकार महासंघ प्रदेश परिषद सदस्य पुष्पराज खतिवडा, स्थानिय सामाजिक अगुवा सिताराम रिमाल,माधव प्रसाद मैनाली, गंगा प्रसाद दंगाल, श्याम सुन्दर उप्रेती धर्मराज चौधरी लगायतको कार्यक्रममा सहभागिता थियो । क्याम्पस प्रमुख शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुले बेल, गोलमोहर लगायत विभिन्न फलफुलका बोटविरुवा बाटिका परिषरमा रापेर वातावरण दिवस मनाएका हुन् ।


करिब एक दशक अघि ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रको अगुवाई र संरक्षणमा निर्माण थालिएको पिलुवा आदर्शनगर स्थीत रहेको (पिस पार्क) शान्ती बाटिका भित्र विभिन्न प्रजातिको बोट बिरुवा, फलफुल हुर्काइएका छन् । वारैमहिना हरियो रहने निम, जामुन , लालि,अर्जुन,अशोक, धुपी, कल्की, बज्रदन्ती, मलेशियन साल, चाईनीज रोज लगायतका ४० बढि प्रजातीका सयौं बोटविरुवा बाटिकामा छन् ।
बाटिकाको भ्रमण गर्नेहरुले आर्कषक मुर्तीकला, ठुलो राष्टिय झण्डा फहराईरहेको देख्न सक्नु हुनेछ । शान्त ,मनोरम दृष्य अवलोकन गर्नेहरुका लागि बस्ने आकर्षक ब्रेन्चहरु निर्माण गरिएका छन् । भने बोट विरुवा संरक्षणका लागि पोखरी निर्माण भैरहेको छ । विभिन्न, कार्यक्रम तथा भेला गर्न मिल्ने सेमिनार हल समेत निर्माण भैरहेको देख्न सकिन्छ ।
समाजिक दुरी, स्वस्थ्य मापदण्ड सहित आयोजित कार्यक्रम राजयोगिनी वहन पार्वतीको सभाअध्यक्ष ,संरक्षक राजयोगी ब्रम्हकुमारण गुणराज लामिछानेको वाटिका निर्माणको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।