

रौतहट,जेठ २२
रौतहट प्रहरीद्धारा भन्सार छलिका विभिन्न सामग्रीहरु नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरि ल्याइएको विभिन्न सामग्रीहरु रौतहटक प्रहरीले नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गस्तीको क्रममा भारतबाट नेपालतर्फ भित्र्याई ल्याएका अन्दाजी तिरासी हजार आठ सय बराबरको विभिन्न सामग्री बरामत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले घडी, थान कपडा, गिफ्ट, लुगा धुने सरफ, कुर्ता सुरुवाल, सुर्ती, कस्मेटिकका सामानहरु लगायतका मालबस्तु वेवारीसे अवस्थामा फेला परेको जनाएको छ । शुक्रबार खटिएको प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ महुलीयाबाट नेपालबाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजानको लागी लुकाई छिपाई राखेको सौफी रक्सी र डिजल प्रहरी गस्ती टोलीले वेवारीसे अवस्थामा फेला पारेको र सो सौफी रक्सी र डिजलको अन्दाजी चार हजार पाँच सय वरावरको सौफी रक्सी, डिजल समेत गरी जम्मा अन्दाजी अठासी हजार तिन सय बराबरको मालबस्तु आवश्यक कारवाहीकोे गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कायाएलय रौतहटले जनाएको छ ।