बीरगंज , जेठ २३
प्रदेश नम्बर २ को एकमात्र महानगपालिका बीरगंजमा यताका दिनमा व्यापक मात्रामा अनियमितता र गैरजिम्मेवारी पन हावी भएको आरोप सतहमा आउन थालेको छ ।जन प्रतिनिधीहरु कोरोना महामारीमा यसको नियन्त्रणको अभियानमा लागेको मौका छोपेर महानगरभित्र श्रृंखलाबद्ध अनियमितता भएको चर्चा बजारमा चलेको छ ।नपामा पुगेका भुक्तभोगीहर समेत अहिले नक्सा, योजना, स्वास्थ्य शिक्षा, राजस्व खरिद लगायतको फाँटमा अनावश्यक दुख दिने गरेको गुनासो गर्न थालेका छन ।हालैमात्र नपाले लक डाउनको अवधिमा झण्डै २ दर्जनको हाराहारीमा कर्मचारी भर्ना गरिएको र यसमा समेत अभिकांससंग प्रति कर्मचारी लाखौंको लेनादेना गरेर नियुक्ती दिइएको समाचार बाहिरिएको छ ।उता शिक्षा महाशाखाले समेत ३ दर्जन शिक्षक नियुक्तीमा प्रति ब्यक्तिसँग तीन लाखभन्दा बढी रकम लिएर भागशान्ति मच्चाइएको चर्चा समेत यतिबेला चलेको छ ।


महानगरभित्र ब्याप्त बेथितिलाई समेत महालेखाले पुष्टी गरिदिएपछि झन नपाभित्र कतिसम्म बदमासी भैरहेको छ भन्ने कुरालाई पुष्टी गरिदिएको छ । महालेखाले झण्डै १ अर्व रुपैंयाँ बेरुजु देखाएपछि अव यसको समेत नियमन निकाएले निगरानी गरीरहेको समचार प्रकाशमा आएको छ ।यसबारेमा नगरप्रमुख बिजय कुमार सरावगीसँग सम्पर्क राख्दा कर्मचारी नियुक्तीमा बिज्ञापनको आधारमा सबै प्रकृया पुरा गरेर भएको हो त्यस बीचमा कहीँ कतै बदमासी भएको हो भने पीडितले आएर निबेदन दिएमा छानबीन हुने र दोषीलाइृ कारवाहीको भागिदार बनाइने प्रतिक्रिया ब्यक्त गर्नुभयो ।उता महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौला भने आफुले नियुक्तीमा रकमी चलखेल भयो भनेर कल्पना पनि नगरेको बताउनुहुँदै यसमा गुनासो आयो भने बुझु्ने बताउनुहुन्छ ।