वीरगन्ज ,जेठ २५
बिहार सरकारले आजदेखि लकडाउन हटाएको छ । मे १ तारिखदेखि लागू गरेको लकडाउन अवधि बढाउदै १ महीना ८ दिनपछि आजबाट लकडाउन हटाइएको छ । अब लकडाउन हटाएसगै रक्सौलमा बिहान देखि साझ ५ बजेसम्म सबैखाले पसल सञ्चालन हुनेछ तर राति ७ बजेदेखि बिहान ५ बजेसम्म दैनिक कप्mर्यू जारी गरिएको छ ।लकडाउन हटाए पनि शैक्षिक संस्थाहरू खोलिएको छैन । त्यसैगरी, सरकारी तथा गैरसरकारी कार्यालयहरू साझ ४ बजेसम्म ५० प्रतिशत कर्मचारीको उपस्थितिमा सञ्चालन गर्न अनुमति दिइएको थियो । प्रारम्भमा एक साताको लागि यो व्यवस्था गरिएको हो । यो अवधिमा सबैखाले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा हुनेछ ।