काठमाण्डौ । बङ्गलादेशसँगको तीन खेलको टी–२० शृङ्खला भारतले ‘क्लिन स्वीप’ गरेको छ । गएराति भएको तेश्रो तथा अन्तिम खेलमा भारतले बङ्गलादेशलाई एक सय ३३ रनको फराकिलो अन्तरले हराएको हो ।
भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले सात विकेट गुमाएर एक सय ६४ रन मात्रै बनाउन सक्यो । बङ्गलादेशका लागि तौहिद हृदयले अविजित ६३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । भारतका रवि बिश्नोईले तीन तथा मयङ्क यादवले दुई विकेट लिए ।
त्यसअघि हैदराबादमा टस जितेर पहिला व्याटिङ गरेको भारतले छ विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । भारतका ओपनर सञ्जु साम्सनले एक सय ११ रनको शतकिय पारि खेले । यस्तै कप्तान सूर्यकुमार यादवले ७५ रन बनाए । बङ्गलादेशका लागि तन्जिम हसन साकिबले तीन विकेट लिए ।
भारतले बङ्गलादेशलाई पहिलो टी–२० खेलमा सात विकेटले र दोश्रो खेलमा ८६ रनले हराएको थियो । यसअघि बङ्गलादेशसँगको दुई खेलको टेष्ट शृङ्खला पनि भारतले जितेको थियो ।