काठमाण्डाै । नेपाल र अमेरिकाबीचकाे दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल सुपर ओभरमा गएकाे छ । नेपालले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेकाे हाे । अमेरिकालाई अन्तिम ओभरमा ७ रन चाहिएकाेमा साेमपाल कामीले ६ रनमै राेके ।
डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । तीन खेलको टी–२० शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।