भारतको बुलन्दशहरमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । गए राति एउटा घरमा भएको विस्फोटमा एक बालिकासहित ६ जनाको ज्यान गएको हो ।
विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । विस्फोटमा केही घाइतेसमेत भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उत्तरप्रदेशस्थित बुलन्दशहरको सिकन्दराबादको आशापुरी कालोनीमा रहेको रियाजुद्दीन नामका व्यक्तिको घरमा विस्फोट भएको हो ।
उनको परिवारमा १८-१९ जना उक्त घरमा बस्दै आएका थिए ।
विस्फोट सिलिन्डरका कारण भएको हुनसक्ने समाचारमा उल्लेख छ ।