बिरगंज , असार १


पकाहामैनपुर गाउँपालिकामा विकास निर्माण कार्य नहुँदा लगातार वर्षा भएपछि वडाका विभिन्न स्थान डुबानमा परेको छ।गाउपालिका बनेको साढे तीन वर्ष बित्न लाग्दा पनि कच्ची सडक ग्रेभल हुन सकेको छैन। सामान्य कल्भर्ट पनि नबनाउँदा वर्षाको समयमा पानी निकास नहुँदा विभिन्न वडा तथा खेतहरु डुबानमा पर्ने गरेका छन्।गाउपालिकाको वडा नं २ सुर्जाहामा कच्ची सडक भएको र पानीको निकास नहुँदा वर्षामा सुर्जाहा गाऊँ नै डुबानमा परेको छ। अहिले सामान्य पानी पर्दा नै गाऊँको बाटो डुबानमा परेको छ।यसैगरी, वडा नं २ सुर्जाहा र मानिकपुरको बीचमा रहेको स्वास्थ्य चौकी जाने बाटो पानी परेकोले हिलम्य भएको छ।अहिले यस क्षेत्रमा डुबान हुनेगरी ठूलो पानी परेको छैन तर सानो पानीमैं ठाउँठाउँमा डुबान भएको र सडकहरू हिलाम्य भएर आवागमन प्रभावित भएको छ।मनसुन आउन पुरै बाकी नै रहेको छ । हल्का वर्षा हुने बितिकै सडकमा पानी जमेर हिलो हिलो बनेको छ । सडक निर्माणमा जनप्रतिनिधिले कुनै चासो देखाउन वा समस्याको सामाधान गर्न असफल भएकोले स्थानीहरुले दुख भोग्नु परेका छन । यस कार्य प्रति सम्बन्धित निकायहरुले समयमै ध्यान पुर्याउन अति आवश्यक देखिएको छ । भोलिको दिनमा आवतजावत गर्ने क्रममा बाटो राम्रो नभएको कारण केही अप्रिय घटना घटयो भने त्यसको जिम्मेवारी कसले लिने भने कुराले स्थानीयहरु चिन्तित बनेका छन्।