

बिरगंज, असार १
नेकपा एमालेका केन्द्रिय सदस्य रामचन्द्र साह पार्टीले दिने सबै सुविधा लिन चाहने लोभि हुन । उनको इतिहास पनि त्यही छ । पंचायतकालमा हरपुर पंचायतको प्रधानपंच निर्वाचित साह बहुदलको आगमन संगै कम्युनिष्ट पार्टीमा लागेका हुन । उनीभंदा अगाडि प्रतिवन्धीत अवस्थामा भूमिगत जीवन बिताई गरेकालाई पार्टीले अहिले सम्म सम्झेको छैन । तर रामचन्द्र साहले पार्टीबाट नपाएको केही छैन । उनका छोरालाई ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सचिवको टिकट दिइयो । १ भोटले चुनाव जितेका साहपुत्र नेपालेन्दु साह सचिवको जिम्मेवारी पुरा नगर्दै पार्टीकै सिफारिशमा रेन्जरको जागीर खान गए । सलिम अन्सारी बनमंत्री हुदा उनी रेन्जर बने । पछि शिक्षकमा जागीर खान गएका साहले स्थायी शिक्षकमा नाम निकाले उनलाई सरुवा गरेर पर्सामा ल्याउन समेत पार्टीको शक्ति प्रयोग भएको छ । पार्टीकै शक्तिाका आधारमा उनी पर्सा जिल्ला शिक्षा कार्यालयमा स्रोत ब्यक्ति भए । अहिले पार्टीको जिल्ला कमिटी सदस्य र सखुवा प्रसौनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख छन । केदार तिवारीलाई अख्तियारले समाते पछि त्यो प्रकरण पार्टी शक्तिकै कारण सहि अनुसन्धान हुन सकेन । सही अनुसन्धान हुने हो भने नेपालेन्दु साहका करतुत पनि सार्वजनीक हुने थिए । उनै नेपालेन्दुकी श्रीमती अनीता साहको माइते घर भारत हो । बिवाह भएर नेपाल आउने बित्तिकै ०५४ सालको स्थानीय निर्वाचन पछि जिल्ला बिकास समितिमा महिला सदस्य मनोनीत गर्ने ब्यवस्था थियो । पार्टीको सचिव रहेका साहले आफनै बुहारीलाई जिल्ला बिकास समितिको सदस्यमा मनोननीत गराए । त्यो पद सकिए पछि उनले बुहारीलाई शिक्षक बनाए । महिला नेतृत्वको बिकास गर्ने भन्दै पार्टीका अवसरबाट अन्य महिला कार्यकर्तालाई बन्चित गरेका साहले आफूले प्रतिनिधि सभाको टिकट छोडेका छैनन । मनोनीत साँसद पनि उनै भएका छन । प्रदेश सभाको टिकट पनि छोडेका छैनन । आफनो दाजुलाई हरेक स्थानीय चुनावमा टिकट दिदै आएका तर जित हासिल गर्न नसकेका साहले पछिल्लो पटक पर्सागढी नगरपालिकामा आफनो दाजुलाई टिकट दिन नसकेको प्रतिशोध चाही पार्टीका उम्मेदवार गोकर्ण पाठकलाई हराएर लिए । पाठक ८० भोटको हाराहारीमा हारेका थिए । साहको वडामा २ सय २६ भोट मेयर बाहेक अरुलाई परेको थियो । धेरै पटक मधेशी दलमा जान खुट्टा उठाएका साहलाई पार्टी निर्माण संग होइन पार्टीका माध्यमले पाउने श्रोत माथि कब्जा जमाउने रहर छ । अहिले त्यही पुरा नभएर गुट बन्दी गर्दै हिडेका छन।