

वीरगंज , असार २
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ५ मा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट ४५० मिटर कालोपत्रे सडक निर्माण भएको छ।केन्द्र सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको आ.व. २०७६/०७७ को योजना अन्तर्गत पोखरिया नगरपालिकाका मेयर दिपनारायन रौनियारको पहलमा सडक कालो पत्रे भएको छ। नगरपालिकाको वडा नं. ५ सतवरियामा पर्ने नहरको पुलदेखी हलुमान मन्दिर सम्मको कालो पत्रे सडक निर्माण कार्य पुरा भएको मेयर रौनियारले वताए । भौतिक पूर्वधार मन्त्रालयले सडक निर्माणको लागि ९५ लाख बजेट छुट्याए पनि द्विवेदी निर्माण सेवा कालिकामाईले भ्याट सहित ६६ लाखमा निर्माण कार्य पुरा गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सब इन्जिनियर कृष्ण चौधरीले वताए ।उनका अनुसार सडक निर्माणको लागि सुरुमा ठेक्दार कम्पनीसंग २०७७ साल जेठ महिनामा समझौता भएको थियो । जस अनुसार समझौता भएको मितिले ६ महिना भित्र २०७७ कार्तिक मसान्त सम्म निर्माण कार्य पुरा गर्नु पर्ने थियो । तर सो समय भित्र निर्माण कार्य पुरा नभए पछि सडक डिभिजन कार्यालयबाट पुन: ६ महिना म्याद थप भएको अवधिमा ठेक्दारले निर्माण कार्य पुरा गरेका हुन् ।उनले भने “सडक अन्तर्गत पर्ने एउटा कल्भटको पुल पनि निर्माण गर्नु पर्ने थियो ।सो पुलको पनि निर्माण कार्य पुरा भएको छ ।” सडक निर्माणको लागि पहल र सहयोग नगरपालिकाका मेयर रौनियारले गरेको समेत उनले जानकारी गराए नगरपालिकाका मेयर रौनियारले लामो समयको प्रयास अहिले आएर सार्थकता पाएको वताए ।
उनले सडक निर्माणको लागि बजेट छुट्याउने प्रदेश सरकारको भौतिक पूर्वधार मन्त्रालय, सडक निर्माण गराउने सडक डिभिजन कार्यालय, इन्जिनियर, सब इन्जिनियर र सडक निर्माण गर्ने ठेक्दार कम्पनीलाई धन्यावाद समेत व्यक्त गरे ।