पर्सा , असार २
बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र मानवसेवा आश्रम विरगंज शाखाद्वारा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वार्ड नम्बर १७ अलौ स्थितबाट मानसिक सन्तुलन बिग्रीएका एक जनाको उद्धार गरेका छन् । उनलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । उनको नाम हृदय साह तुर्हा रहेको छ । १५ वर्षदेखि उनको मानशिक सन्तुलन बिग्रिएको हुनाले उनी मानिसलाई देख्दा कराई रहन्छन् । परिवारको आर्थिक स्थिति कमोजर भएको हुनाले उपचार गराऊन नसकेर मानसिक सन्तुलन ब्रिग्री सकेकोले सिकडीमा बाधेर राखेको स्थानीयबाट जानकारी पाई मेयर सरावगी र मानव सेवा आश्रमका समयोजक सानु मानवसेवा र नेपाल प्रहरीको सहयोगमा उदार गरिएको हो।मानव सेवा आश्रम वीरगञ्ज पर्साको टिम टोली त्यहाँ पुगेर उनको फलामको सिकड़ीलाइ हथौडाले काटेर उनलाई बाहिर निकालेर नुहाई धुआइ गराएर, नया कपड लगाइदिएर उद्धार गरेर अब उप्रान्त उनलाई आश्रममा राखेर उनको उपचार गर्ने मानवसेवा आश्रम समयोजक सानु मानवसेवाले जानकारी दिए ।
