वीरगंज, असार ४
नेपाल पत्रकार महासंघ प्रादेशिक कमिटी २ ले कोभिड माहामारिका बीचमा पत्रकारिता गरिरहेका रेडियो कर्मीहरुलाई सहयोग पुगोस भनेर स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । प्रदेश कमिटीका अध्यक्ष राजेश कुमार कर्णले सहयोगी सस्था मार्फत प्राप्त भएको स्वास्थ्य समाग्री ब्याबसायीक रेडियोहरुको संस्था बानका अध्यक्ष आर सि यादबलाई एक कार्यक्रमका बीच संयुक्त रुपमा स्वास्थ्य समाग्री हस्तान्तरण गर्नुभएको हो । आवाज एफएममा आयोजित कार्यक्रममा ५ हजार थान माक्स लगायतका स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । यसैबीच सामुदयीक रेडियोहरुको संस्था अकोरावलाई समेत ५ हजार थान माक्स हस्तान्तरण गरिएको हो ।हस्तान्तर कार्यकर्ममा प्रेस काउन्सील नेपालका सदस्य लालबाबु शेष, पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महेश गौतम, लागायत दर्जनौं संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष कर्ण र प्रदेश महासचिब श्याम बन्जाराले बानका अध्यक्ष यादबलाई ती समाग्री हस्तान्तण गर्नुभएको थियो ।