वीरगन्ज,असार ४
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले पर्साका पत्रकारहरुलाई कोरोना संक्रमण रोकथाम तथा उपचारको लागि आवश्यक आयुर्वेदिक औषधी आज वितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा एक कार्यक्रमका बिच वितरण गरेको हो । कोरोना संक्रमण रोकथाम तथा उपचारमा आयुर्वेदिक औषधी प्रभावकारी रुपमा देखिएकाले नेपाल पत्रकार महासंघ पर्साको पहलमा जिल्लाका पत्रकारहरुलाई वितरण गरीएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख डा. रमेश कुमार मिश्राले बताए ।मिश्राले अगामी दिनमा आयुर्वेदिक औषधी पत्रकारहरुलाई आवश्यक परे सम्पर्क गर्न आग्रह समेत गरे। आयुर्वेदिक औषधी वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष सुष्मा शर्मा, सचिव भूषण यादव लगायतका पदाधिकारीहरूले उपस्थिति रहेको थियो ।