बारा , असार ५
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगर र बलधुवा गाउँकोबीचमा पर्ने जमुनी नदीमा निर्माणाधिन पुलको प्रदेश नम्बर २ की अर्थ राज्यमन्त्री उषा यादव र पचौरता नगरपालिकाका प्रमुख रमेश कुमार यादवको संयुक्त रुपमा शुक्रबार पुलको निरीक्षण गरिएको हो ।पुलको अभावमा बिगत लामो समयदेखि स्थानीयले नदीको पानी पार गदै आएका थिए । निरीक्षणको क्रममा नगरप्रमुख यादवले स्थानीय चुनावको बेला आफुले जनतासंग गरेको प्रतिवद्धता अनुसार पुल निर्माण सुरु गरेको बताए ।नगर प्रमुख यादवको आग्रहमा प्रदेस सरकारको पहलमा प्रदेश स्तरीय बजेट समाबेश गरि पुल निर्माण सुरु भएको हो । अनुगमनको क्रममा राज्यमन्त्री यादवले पुल बलियो र भरपर्दो बनाउनुपर्ने बताए । उहाँले निर्माण कार्यको ठक्का पाएको ठेकेदार कम्पनीले कुनै लपरवाही गरे मलाई अथवा नगरपालिका कार्यालयमा सुचना दिन स्थानीयसंग अनुरोध गरे ।