

बारा , असार ५
करैयामाई गाउपालिकामा अदालतले गरेको निर्णय न्यायिक समितिले बदर गरेको छ । अदालतले गरेको निर्णय गाउपालिकाले नमाने पछि पिडितले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । अदालतले २०६२ जेष्ठ २० करैयामाई गाउपालिका साविक वडा नम्बर ३ बजनीका बैधनाथ यादवले गरेको जग्गा विवादको मुद्धामा सुनवाई गर्दै एक फिटको नाला विपक्षी लालमुनिया यादवको जग्गाबाट नाला निमार्ण गर्ने निर्णय गरेको थियो । पिडित न्याय माग्न जाहा गए न्याय नपाएपछि पत्रकार सम्मेलन गरेका छन् । जनप्रतिनिधि चुनाव जितेर आएपछि अदालतले गरेको निर्णय आफुले नमान्ने न्यायिक समितिले गरेको निर्णय मात्र मान्य हुने न्यायिक समितिका समयोज चित्रलेखा चौभरीले बताउने गरेको पिडित यादव बताउछन । आफनो जग्गाको कित्ता नम्बर १४० को ६ कठामा गत वर्ष आफनो लगानिमा बोरिङ्ग जडान गरे पनि विपक्षी लालमुनिय यादवका छोरा विनोद यादवले गाउपालिकाको बजेटबाट बोडिङ्ग जडान गरेको भनि विवाद सृजना गर्ने गरेको पिडितले पत्रकार सम्मेलनमा बताए । गाउपालिकाको बजेटबाट बोडिङ्ग जडान गरेको हो भने कागजात हेर्न माग्दा वडाध्यक्ष देवेन्द्र केशरीले कागज जाहा खोज्नु छ खोज भनेर हप्काउने काम मात्र गर्छन । कागजात छैन जाहा खोज्नु छ खोज भनेर हप्काउने काम मात्र गर्छन ।गाउपालिकामा गएर बुझदा फर्जी बोडिङ्ग जडान गरेको कागजत दिए । त्यसमा गाउपालिकाको अध्यक्ष भुवनेश्वर धामीको हस्ताक्षर फर्जिरहेको स्वयम गाउपालिका अध्यक्षले बताएको पत्रकार सम्मेलनमा यादवले बताए ।गत वर्ष वडाध्यक्ष केशरी र विनोद यादव मिलि धेरै अनियमितता गरेकोले खाता समेत कोष तथा लेखा नियन्त्रणले रोकेको थियो । वडाध्यक्ष केशरीले वडाको विकासको बजेटले आफ्नो खेतको आलि माटोले पुरी पाँच लाख ब्रहमलुट समेत गरेको पत्रकार सम्मेलनमा पिडित बैधनाथ यादवले बताए ।