बारा , असार ६
बारा जिल्लाको सिमरास्तिथ रहेको जगदम्बा स्टील उधोगमा आगलागी भएको छ । जगदमबा स्टील उधोगमा आगलगी हुदा २ जना भारतीय मजदुरको मृत्यु भएको र ३ जना घाइते भएका छन् ।जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पौने ७ बजेतिर पेट्रोल र डजेलभण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रका अनुसार भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटना स्थलमै मृत्यु भएको छ ।भने नेपाली मजदुर राजकुमार विक, इन्दप्रसाद अधिकारी, नवराज चौलागाईं घाइते भएका छन् । घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए।आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ। अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ।