

बारा , असार ६
कोरोना भाइरस संक्रमणको महामारीले गर्दा बिश्वनै आक्रात भएको अवस्थामा नेपाल पनि अछुतो नरहेको बेला माहागढिमाइ नगर पालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिप्राडी बेनौलीका प्रधानध्यापकले कक्षा १० का बिद्यार्थीलाई बार्षिक परिक्षा लिदैछन।नेपाल सरकारले कुनै पनि शैक्षिक संस्था नखोलने पठनपाठन गराउन विधुतिय माध्यमबाट गराउने निर्देशन हुदा हुँदै पनि महागढिमाइ नगर पालिका वार्ड:-७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राडी बेनौलीका प्रधानध्यापक जितेन्द्र यादवले विद्यार्थीलाई स्कुलमै बसाइ बार्षिक परिक्षा लिदै गर्दा भेटिएका छन।बिद्यार्थीलाई परिक्षा लिने क्रममा नेपाल सरकारले निर्णय गरेको कुनै किसिमको कानुन वा नियम पालना नगरेको पाइएको देखिन्छ,नेपाल सरकार भन्दा ठूलो बन्दै देशको सबै कानुन लाई खिल्ली उडाउदै जाच लिएको पाउँदा यो बिषयमा सम्बन्धित पालिकाको शिक्षा प्रमुखसंग बुझ्दा आफुलाइ जाँच हुदैछ कुनै जानकारी नै छैन भने प्रतिक्रिया दिए।सो हि बिषयमा बिधालयका प्रधानध्यापक यादवसँग़ बुझ्न खोज्दा कुनै किसिमको जाच नभएको बिद्यार्थीलाई नया भर्ना अभियानको लागि सूचना दिन मात्र उपस्थित गराइको बताए।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राडी बेलौली कक्षा १० का विद्यार्थी संग प्रतिक्रिया लिदा आफू जाँच दि फर्किदैछौ भने प्रतिक्रिया आयो।