पर्सा , असार ७
छतवनटाडि रेन्जपोस्ट नजिकै रहेको बनमा सालको रुख काटि गोलिया बनाइ साइकलमा लोड गरि लुकाई छिपाई राखेको अवस्थामा बिशेष सूचनाको आधारमा बन सुरक्षा गस्ती टोलीले गए राती दुई थान सालको गोलिया सहित साइकल बरामद गरेको छ ।सब डिबिजन बन कार्यालय बडनिहार र छतवनटाडि रेन्जपोषटको सयुक्त बन सुरक्षा गस्ती टोलीले दुई थान सालको गोलिया करिब १५ क्युफिट बरामद गरेको हो ।बरामद गरेको गोलिया र साइकल आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय बडनिहारमा राखिएको जम्दार अर्जुन चौधरीले बताएका छन ।त्यसै गरि सब डिबिजन बन कार्यालय रङ्गपुरको बन सुरक्षा गस्ती टोलीले आज बिहान दुई थान सालको गोलिया र दुई थान साइकल बरामद गरेको छ ।रङ्गपुर नजिकको बन बाट चोरी तस्करी गरि साइकलमा ल्याउदै गरेको अवस्थामा जम्दार प्रदिप तिमल्सिनाको कमान्डमा खटेको बन गस्ती टोलीले बरामद गरेको हो ।बरामद गरेको काठ र साइकल आवस्यक कार्वाहीको लागि सब डिबिजन बन कार्यालय रङ्गपुरमा राखियको जम्दार तिमल्सिनाले बताएका छन ।