रौतहट ,असार ७
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नेकपा माओवादीका नेता बिन्देश्वर यादवको नेतृत्वमा नेपाली कांग्रेस र जसपा लगायत अन्य बिरोधि गठबन्धनका पार्टी कार्यकर्ताहरु द्वारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई ज्ञापन पत्र बुझाइएको छ।बिगत तीन वर्ष देखि आफ्नै पार्टी तथा कार्यकार्ताको रोहवरमा आफ्नो निजि स्थानमा नगर सभा गर्दै विकास योजनालाई समेत मनपरि रुपले संचालन गर्दै आईरहेको भनि निवर्तमान सांसद प्रभु साह र निजको श्रीमति उक्त नगरपालिकाका नगर प्रमुख रीना साहको कार्यशैलीको बिरोध गर्दै मौलापुर बजारमा विपक्षी दलका स्थानिय कार्यकर्ताहरुले आज विरोध प्रदर्शन गरेका छन्।

आज गरिएको विरोध कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रीय नेता बिनदेश्वर यादव,जसपा पार्टीका प्रदेश सदस्य लखिन्द्र यादव , नेपाली काङ्ग्रेस पार्टीका कृयाशिल तथा वडा नं ५ का प्रत्यासि संतोष साह सहित अन्य वडा का वडाध्यक्ष लगायत सयौको संख्यामा कार्यकर्ताहरुको उपस्थितिमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाइएको छ।

आउदो १० गतेका दिन हुन गइरहेको पाँचौं नगरसभामा सर्वदलीय भेला गराई तथा वडाका विकास योजना पारदर्शी गर्नका लागि मौलापुर चौकमा जनता भेला गरि जोडदार रुपले अपिल गरेका छन्।साथै उक्त मितिमा सर्वदलीय बैठक बोलाई नगर सभा गरिएन भन्ने आउदो १० गते नगरपालिकालाई पूर्ण रुपले घेराउ गर्ने समेत बिपक्षी पार्टीका कार्यकर्ताले चेतावनी दिएका छन्।
