पर्सा , असार ७
पकाहामैनपुर गाउपालिका वडा न ३ का स्थानीयबासीहरूले गाऊँपालिकाबाट बिधुत मर्मतमा खटिने २ जना कर्मचारीहरुलाई थुनेका छन ।गाउपालिकाबाट खटिने बिधुत कर्मचारीहरूको लापरवाहीका कारण लठाका बती मर्मत नहुदा अहिले बर्षाको मौसम भएकोले रातिमा बिशालु किरा फट्यंग्रा , सर्प जस्ता जीवजंतुले टोकन सकने सम्भवाना बढ़ी भएकोले स्थानीय बासीहरूलाई दुःख खेपनु परेको छ। गाऊँपालिक भरीका लठामा बती बालन तथा लठामा भएको बती मर्मत गर्नका लागी गाऊँपालिकाबाट राखिएको कर्मचारीले बती मर्मत नगर्दा स्थानीयहरुले रामकिशोर प्रसाद कुर्मी र बिनोद साह तेली कर्मचारीहरुलाई थुनेका छन ।लठाको बती मर्मत ठप्प पारे पछि आक्रोसित गाऊलेहरुले कर्मचारीहरुलाई धर्मशालाको कोठा मै थुनेका छन ।प्रभावित भएपछि बाध्य भएर कर्मचारीहरुलाई नै थुन्नु परेको स्थानीयले वताएका छन ।

