

बारा , असार ९
बाराको विश्रामपुर गाउँपालिकाको आज छौठो गाउँसभा तथा २०७८/७९ को प्रथम नीति तथा कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको नीति तथा कार्यक्रमका लागी कुल २९ करोड १९ लाख १२ हजारको बजेट विनियोजित गरेको छ। यस वर्षको नीति तथा कार्यक्रममा कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, भवन, वृछारोपण, लगाएतका कार्यक्रमहरु समेटेको छ । सभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष अमिरीलाल पालले आजको यस सभालाई सफल बनाई दिएकोमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी लगायतलाई धन्यवाद दिनुभएको थियो । वहाँले यस वर्षको नीति तथा कार्यक्रमलाई सबै मिलेर सतप्रतिशत पूरा गर्ने प्रतबद्धता व्यक्त गर्नु भएको थियो । गाउँपालिकाका प्रशासकीय अधिकृत सुनिल कुमार केशरीले कार्यक्रममा आएको सलाह, सुझावलाई समेटेर गाउपलिकलाई सबै भन्दा उत्कृष्ट बनाउने प्रतबद्धता जनाउनु भयो । नीति तथा कार्यक्रम गाउँपालिका का वडा नं १ का वडा अध्यक्ष हिर्दय नारायण यादवले प्रस्तुत गरेका थिए । कार्यक्रममा गाउँपालिका उपप्रमुख सुमिन्त्रा देवी साह, पाँच वटै वडाका वडा अध्यक्षहरु, गाउँपालिका सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पाँच वटै वडाका वडा अध्यक्षहरुले आफ्नो शुभकामना राखेका थिए । भने गाउँपालिका अध्यक्ष अमिरिलाल पालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रमको सहजीकरण दीपकलाल पालले गरेका थिए ।