

बारा , असार ९
बाराको प्रसौनी गाउँपालिकाको नवौं गाउँ सभा तथा आर्थिक वर्ष ०७८/०७९को प्रथम गाउँ सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ।प्रथम गाउँ सभा बाट ०७८/०७९को निति तथा कार्यक्रम र ४७करोड ४३लाख ९८हजार बराबरको बजेट बिनियोजन गरिएको छ।बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गिता साहले आर्थिक विकास तर्फ ७८लाख समाजिक विकास तर्फ ४करोड ९२लाख ३०हजार वन तथा विपद व्यवस्थापन तर्फ ३३लाख सुशासन तथा स्रस्थागत क्षमता विकास तर्फ ७करोड ४५लाख ७०हजार भौतिक पुर्वाधार तर्फ १७करोड १५लाख ९८हजार संघीय सशर्त अनुदान १४करोड ३लाख संघीय विशेष अनुदान ८४लाख संघीय समपुरक अनुदान ६२लाख प्रदेश सशर्त अनुदान ८०लाख प्रदेश विशेष अनुदान ३०लाख प्रदेश समपुरक अनुदान २०लाख रहेको छ।कार्यक्रम प्रसौनी गाउँपालिका का अध्यक्ष भोला प्रसाद गुप्ताको अध्यक्षतामा भएको थियो ।उक्त कार्यक्रममा वडा नम्बर -१देखि ७का वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु ,विभिन्न शाखा र उपशाखा प्रमुखहरू ,कर्मचारीहरु ,सुरक्षाकर्मी,जेष्ठनागरिक ,विधार्थी लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा ७वटै वडाका वरिष्ठ जेष्ठनागरिकहरुलाई (८५वर्ष उमेर समुहका)होर्लिकश-५००ग्रामको एक डिब्बा ,छाता-१थान,गम्छा र नगद-३०००/(तीन हजार )दिदै गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ता र उपाध्यक्ष गिता साहले वरिष्ठ जेष्ठनागरिकहरुलाई सम्मानित गरेका छन।साथै ६जना छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गिता साहको रहेको थियो भने सन्चालन प्रमुख प्रसाशकिय अधिकृत धिरेन्द्र भुजेलले गरेका थिए ।