

बारा , असार ९
बाराको महागढीमाई नगरपालिकाले पांचौ नगर सभा बाट आ ब ०७८/०७९ मा रु ५६ करोड ७३ लाख ८ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित पांचौ नगर सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो ।पांचौ नगर सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको पांचौ नगर सभा बाट आ ब ०७८/०७९ को लागि ५६ करोड ७३ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।आ ब ०७८/०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १५ करोड ९५ लाख , राजश्व भांडफाड रु ९ करोड ५४ लाख ४८ हजार , सशर्त अनुदान रु २३ करोड ८९ लाख , समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो । त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान १ करोड १० लाख ८७ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त भएको छ । नगर प्रमुख यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माणकार्यमाप्राथमिकता रहेको बताउनु भयो । पांचौ नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव , नेपाली कांग्रेस बारा क्षेत्र२ को सभापति रामप्रवेश यादव , उप प्रमुख तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारक्रमिको सहभागिता रहेको थियो ।