काठमाडौं । सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ । सोमबार प्रतितोला ११ सय र मंगलबार प्रतितोला १ हजार बढेको सुनको मूल्य आज पनि प्रतितोला ९ सय रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६३ हजार रुपियाँमा कारोबार भईरहेको छ ।
त्यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपियाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सुनको मूल्य प्रतितोला १ लाख ७१ हजारसम्म पुगेको थियो ।