पर्सा , असार ९
प्रदेश सरकार कृषि मन्त्रालयको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्साको आयोजनामा पोखरिया नगरपालिकामा ६० जना महिलालाई बाख्रा वितरण गरिएको छ ।पोखरिया नपा–३ मा रहेका ६० जना विपन्न महिलालाई प्रतिव्यक्ति दुईवटाको दरले १२० वटा बाख्रा वितरण गरिएको थियो । पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले महिलाहरूलाई बाख्रा वितरण गरेकी थिइन् ।उक्त कार्यक्रममा केन्द्रका प्रमुख सहतराम मौर्याको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नगर अध्यक्ष राजु साह, शिवनाथ साह, फहिम हवारी, नवी रसुल आलमलगायतको सहभागिता थियो ।