पर्सा , असार ९


पर्सा जिल्लाको छिपहरमाइ गाउँपालिकाको १२ औ गाउँ सभा आर्थिक बर्ष०७८/०७९को नीति तथा कार्यक्रममा ४० करोड ५२लाख बराबरको अनुमानित बजेट गाउँपालिकाको प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले प्रस्तुत गर्नु भएको थियो ।छिपहरमाई गाउँपालिका को १२ औ गाउँ सभाको उदघाटन गाउँपालिका कार्यालय को सभाहलमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले एक कार्यक्रमको बिच उद्घाटन गर्नु भएको थियो।गाउँ सभा बाट ०७८/०७९ को बजेटमा छिपहरमाई गाउँपालिका अध्यक्ष कुमार गुप्ताले नयाँ नवलो योजना गापामा लागूगर्नु भएका छन । गरिब,दलित , अतिबिपन परिवार का छोरी हरु को बिहेमा कन्यादान राशी दिने घोषणा गर्नु भएको छ। नेपालको पहिलो गाउँपालिका छिपहरमाई रहेको गापा अध्यक्ष गुप्ताले बताए । गरिब , दलित ,र बिपन परिवारका छोरीहरुको बिबाहमा कन्यादान अनुदान योजना राशी दिने अध्यक्ष गुप्ताले जनाएका छन।गरिब,दलित बिपन परिवारका छोरीहरुको बिहेमा कन्यादान राशीबाट सो परिवार लाई ठूलो सहयोग पुगने गापा अध्यक्ष गुप्ताले बताएका छन। छिपहरमाई गाउँपालिकामा जन्म लिने बालिकाहरु लाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रम संचालनमा रहेकोले बिमा कार्यक्रम लाई निरन्तरता दिनु भएको छ। जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिकामा पेस गरेपछी गाउँपालिकाले सो बालिका २० हजार बराबर को एकमुस्ट रकम बैंकमा बुझाए पछी बिस वर्षमा बालिकाको शिक्षा र बिबाहको लागी दुई लाख आऊने यो रकमबाट सहयोग पुगने गाउँपालिका अध्यक्ष गुप्ताले बताए ।अहिलेको बजेटमा बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्यको साथै छोरीहरुको बिबाहमा कन्यादान राशी , बालिका स्वर्ण बिमा कार्यक्रम , साना किसानहरुको घर परिवारमा ,धुवामुक्त ग्यास चुलो , ग्यास सलेन्डर बितरण गरिने योजना रहेको गापा अध्यक्ष गुप्ताले जनाउनु भएको हो। गाउँपालिकामा रहेको जेस्टनागरिक,एकल महिलाहरुलाई सम्मान कार्यक्रम गरिने,गाउँपालिकामा रहेको बिधार्थी हरु लाई निशुल्क कोचिङको ब्यवस्थापन मिलाउने ।साथै सिफारिस शुल्क नलिने गापा अध्यक्ष गुप्ताले जनाएका छन । प्रतेक वार्डहरुमा वार्ड र गाउँपालिकामा बराबर बिकास निर्माण र अन्य कामको रकम बिन्योजन गरिएको छ। नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु १३ करोड ६२ लाख। बितिय समिकरण ११ करोड३६ लाख ६२ हजार। राजस्व बाडफाड ६ करोड २७ लाख लगायत रहेको छ। छोरीहरुको बिहेमा कन्यादान अनुदान राशी योजना कार्यक्रम , समाजिक सुरक्षा स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएको छ ।स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपदजोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आऊने अनुमानित बजेट जम्मा ४०करोड ५२ लाख को अनुमानित बजेटप्रस्तुत साह ले गर्नु भएको छ।बिनियोजन बजेट भएको नीति तथा कार्यक्रमगाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामा सम्पन भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह,वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार,बिनोद साह , बालक गदी, मौजिलाल साह, लगायत कार्यपालिका सदस्य र गाउँपालिकाको समपुर्ण महिला ,पुरुष को सहभागिता रहेको थियो।गाउँ सभामा ईन्जिनियर प्रकास कुमार गुप्ता , लेखापाल सागर महराठा, प्रसांत कुमार गुप्ता ,आइटी औफिसर संजिव यादव, स्वास्थ्य संयोजक शम्भु साह, समेत कर्माचारी हरु को सहभागिता रहेको थियो ।