

वीरगंज, असार १०
पर्साको बहुदरमाई नगरपालिकाको ७ औं नगर सभा तथा आर्थिक बर्ष २०७८÷७९ को बार्षिक निति तथा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका मेयर नितेन्द्र साहको प्रमुख आतिथ्यमा कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा उपप्रमुख गायत्री देवीको निर्देशनमा निमित प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेतीले आर्थिक बर्ष ०७८÷०७९को कुल अनुमानित आय ५० करोड ८७ लाख ६८ हजार ७५० बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघिय सरकार समानीकरण अनुदानबाट १२ करोड ९५ लाख, संघिय सरकार सर्शत अनुदानबाट १९ करोड ४० लाख, प्रदेश सरकार समानीकरणबाट ८ करोड ९८ लाख ६ हजार,प्रदेश सरकार सर्शत अनुदानबाट ८ करोड, प्रदेश सरकार बिशेष अनुदान तिन करोड, प्रदेश सरकार सम्पुरक अनुदान २ करोड आन्तरिक श्रोतबाट २० लाख ५५ हजार ८ सय लगायत शिर्षकबाट आय भएको बजेट प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेयर साहले बजेट मार्फत यातायात, नाला निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले खानेपानी, स्वास्थ्य सेवा,स्वास्थ्य बिमा,उज्योलो नगरपालिका अन्र्तगत सौर्यबति जडान,सचेतनामुलक कार्यक्रम लगायतको क्षेत्र सुधारको लागि बिशेष बजेट बिनयोजित गरेको बताउनुभयो । बहुअरी पिडरी स्थित कार्यलयको सभाहलमा आयोजित कार्यक्रममा उपप्रमुख गायत्री देवी,वडा अध्यक्षहरु जितेन्द्र पटेल, दिनेश यादव, रामेश्वर साह कानु, केदारनाथ तिवारी, प्रभु पटेल ,पुनीलाल साह,रबि गुप्ता, कार्यपालिका सदस्यहरु दिपेन्द्र पंडित,फखरुदिन अंसारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको ।कार्यक्रममावडा नम्बर १ का वडा अध्यक्ष प्रमोद प्रसाद पटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लेखअधिकृत हरी राउत कुर्मी लगायतको उपस्थिती रहेको थियो ।