बारा,असार १०


बाराको करैयामाई गाउँपालिकाको बिहिवार हुने भनिएको गाउँसभा बिवादका कारण स्थगित भएको छ । करैयामाई गाउँपालिकाको कार्यालयले गाउँसभाको लागि तोकिएको मिति भन्दा एक अघि बुधवार सूचना प्रकाशित गरी सभा स्थगित भएको जनाएको छ ।असार १० गते भित्र गाउँसभाबाट निति तथा कार्यक्रम पारित गर्ने सरकारी प्रबधान रहेको भए पनि योजना छनौवट तथा जनप्रतिनिधिहरु बिच योजना भागबण्डाको कुरा मिल्न नसक्दा करैयामाई गाउँपालिकाको गाउँसभा स्थगित भएको बताइएको छ । तर करैयामाई गाउँपालिकाले सूचना प्रकाशित गरी आवश्यक तयारी पुरा नहुन सक्दा गाउँसभा स्थगित भएको दावी गरेको छ । बिहिवार सभाबाट निति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको भए पनि वडा अध्यक्षहरुको बिरोधका कारण सभा स्थगित भएको बुझिएको छ ।करैयामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष सोनालाल साहका अनुसार गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले सबै योजनाहरु एकलौटी ढङ्गले संचालन गर्न खाजे पछि गाउँ परिषद्का अधिकांश सदस्यहरुले बिरोध जनाए पछि सभा स्थगित भएको हो । गाउँपालिका अध्यक्ष धामीले सबै योजनाहरु पालिका स्तरमै राखेको तथा वडा स्तरमा योजना नै बितरण नगर्न नमाने पछि गाउँसभामा सहभागी हुनुको कुनै औचित्य नरहेको वडा नं. १ अध्यक्ष साहले बताउनु भयो ।बजेट सिमा निर्धाणमा गाउँपालिकाको ३५ जना भन्दा बढी सदस्यहरुको बिमती रहेको वडा अध्यक्ष साहले बताउनुभयो । करैयामाई गाउँ परिषदमा ४२ जना सदस्य संख्या रहेकोमा बजेट सिमा निर्धाणमा ३५ जनाको बिमती रहेको वडा अध्यक्ष साहले बताउनु भयो । भौतिक पूर्वधार विकासका लागि छुटयाइएको रकमलाई वडाहरुको जनसंख्याको अधारमा बजेट छुट्याउँनु पर्ने भन्दै सदस्य ज्युहरूले सभा बहिसकार गरेकाे साहले वताउनुभयाे ।यता गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले वडा अध्यक्षहरुले खाइपाई आएको सुविधामा कटौती गरे पछि बिवाद भएको दावी गनु भएको छ । गाउँसभाको लागि निर्माण गरिएको बिभिन्न समितिहरुले तयार गरेको खाकामा सहमती नभएको तथा तयारी पनि नपुगे पछि सुचना प्रकाशित गरी गाउँसभा स्थगित भएको अध्यक्ष धामीले वताउनु भयो । उनले बजेट वितरणमा कुनै भेदभाव नभएको दावी गर्नु भयो । अध्यक्ष धामीले आफु अन्तिम समय सम्म पनि गाउँसभा सम्पन्न गराउँन प्रयास गरेको दावी गर्नुभयो ।
