पर्सा । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा लाईफ नेपाल पर्साले चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । वीरगञ्ज महानगरपालिका उप प्रमुख ईम्तीयाज आलमको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा, निमित्त प्रमुख प्रशासकिय अधिकृत अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखा अधिकृत अनिशकान्त कुश्वाहा, टि.पि.ओ नेपालकी रंजु भण्डारी सि.वि.यन नेपालकी रमिता श्रेष्ठलगायतको उपस्थिती रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत तथा ई.ढब्लु.पि.यन फोकल पर्सन रंजना पंडितले जानकारी दिनु भयो ।
वीरगञ्ज महानगरपालिको सभाहालमा भएको प्रतियोगीतामा बाल क्लबको सदस्यहरुको सहभागीता रहेको थियो । हाल जलवायु परिवर्तनले वातावरणमा पारीरहेको असरको बारेमा सहभागी बिद्यार्थीहरुले चित्रकला मार्फत प्रस्तुत गरिएको लाईफ नेपाल पर्साकी संयोजक कंचन कोईरालाले बताउनु भयो । सो कार्यक्रममा युनिसेफ तथा ई.ढब्लु.पि.यनको आर्थिंक सहयोगमा भएको हो । सहभागी बिद्यार्थीहरुलाई पुरस्कृत सहमेत गरिएको थियो ।