पर्सा , असार १०
जिल्ला प्रहरी कर्यालय पर्साले जबरजस्ती करणी गरेको अभियोगमा पर्साको पटेर्वासुगौली गाउपालिका वडा नम्बर १ बाट एक जनालाई पक्राउ गरेको छ । पीडित महिलाको श्रीमान कामको सिलसिलामा घर बाहिर रहेको मोका छोपि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पटेर्वा सुगौली १ बस्ने २५ वर्षीय सुरेंद्र भन्ने अब्दुल्लाह अंसारीलाई पक्राउ गरेको हो ।महिलालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले मिति २०७८/०३/ ०७ गते राती १२ :०० बजे उनलाई पक्राउ गरेको हो ।जबरजस्ती करनी मुदामा ५ दिनको म्याद थप गरी अनुसंधान प्रक्रिया अगाड़ी बढ़ाइएको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ।