पर्सा , असार १०
पर्सा जिल्लाको बीरगंज महानगरपालिकाको वडा १३ बाट मिति २०७८/०३/०८ गते १८:०० बजे चोरी भएको मोटरसाईकल सहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।बीरगंज महानगरपालिका वडा नम्बर १८ भवानीपुर बस्ने मनोज कुमार जैसवालको नाममा दर्ता रहेको ना ४० प ४२०३ नम्बरको रातो रंगको होंडा एचीभर मोटरसाईकल बिरगंज माहानगरपालिकाको वडा नम्बर १३ सडक छेउमा पार्किंग गरी राखिएको अवस्थामा मिति २०७८/०३/०८ गते अन्दाजी १८:००बजेको समयमा चोरी भएको मोटरसाइकल जिल्ला बारा परवानीपुर गाउपालिका वडा नम्बर २ बस्ने बर्ष २६ का दीपक कुमार यादव र जिल्ला पर्सा कालिकामाई गाउपालिका वडा नम्बर ३ बस्ने बर्ष २२ का सागर पटेलले चोरी गरेको खुलन आएकोमा निजहरूको खोजतलास गर्ने क्रममा परवानीपुरबाट ड्राईपोर्टतर्फ जादै गरेको अवस्थामा जिल्ला प्रहरी कर्यालय पर्साको टोलीले फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका दुबैजनालाई चोरी सम्बन्धि कसूर मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ