

पर्सा , असार १२
अविरल वर्षाका कारण आएको बाढीले पर्सामा लगाइएको धानबाली र धानको बिउ डुबानमा परेको छ । रोपाइँ हुनै लाग्दा शुरु भएको वर्षा र बाढीले पर्सामा धानको बिउ डुबानमा परेको छ ।पर्साको पोखरिया नगरपालिका वडा ९ बैरियाबिर्तामा धानको बिउ डूबानमा परेको छ । बैरियाबिर्तामा रातिको परेको पानीले गर्दा पुरै धानको बिउ डुबानमा परी नष्ट भएको नौसाद आलमले बताएका छन।धान रोपाइँ हुने बेला लगातारको वर्षा सहित आएको बाढीले धानबाली बिउ डुबाएकोले किसानहरु मार्कामा परेका छन ।पर्साको धोबिया टोला , खेश्रहा, मैनपुर , पकाहा , मधुबनी, धोरे , प्रसौनि, मधवल , अमरपट्टी, झौवा,लगायतको गाऊँमा लगाएको धानबाली तथा बिउ डुबानमा परेको छ ।कतीपै ठाऊमा नदीको बाढी र राती भएको बर्षाका कारण धानबाली र धानको बिउमा पानी पसेको दीपनारायण ठाकुरले बताए ।नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहको धानबाली डुबानमा परेको ठाकुरले जानकारी दिए ।डुबानमा परेकामध्ये केही खेतको धानको बिउ जलमग्न हुँदा पूर्ण असर र बाँकी क्षेत्रमा पनि डुबानको असर देखिएको छ । थप वर्षा नभए डुबान भएको धानबाली र धानको बिउ जोगिन सक्छ तर लगातार वर्षा भएमा क्षति हुने ठाकुरले बताए ।साउनको दोस्रो सातासम्म वर्षा नभए बाली नबिग्रिने र उत्पादन बढ्ने एक किसानले बताए । लगातार डुबानमा परिरहे बीउ कुहिने धान उत्पादन नहुने उनको भनाइ छ ।वर्षाका कारण केही क्षेत्रमा धानको बिउ डुबानमा परे पनि रोपाइँको समयमा उपयुक्त वर्षा भएको र समयमै रोपाइँ सकिएला तर लगातार बर्षा भएपछी बिउ नै नष्ट हुने भएकोला किसान हरु चिंतित भएका छन ।