वीरगन्ज । नेपाल राजपुत युवा समाजले बिहीबार डा निरज सिंहलाई सम्मान गरेको छ । समाजका संयोजक हुकुम सिंह राजपुतको नेतृत्वमा रहेको एक टोलीले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष र मधेस संयोजकमा निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना दिदै सम्मान गरेको हो । सो अवसरमा पत्रकार राजेन्द्र सिंह राजपुत, किशोर सिंह,लालबाबु सिंह, मुकेश सिंह, धिरेन्द्र सिंह, रञ्जन चौहानलगायतको सहभागीता रहेको थियो ।