वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्राङ्गणमा EU/UNICEF को प्राविधिक सहयोग तथा आर्थिक सहयोगमा भुकम्प प्रविधी राष्ट्रिय समाज नेपाल (NSET) संचालित कोभिड १९ नेपालमा शिक्षा समुहको सुदृढीकरण परियोजना अन्तर्गत मधेस प्रदेश शिक्षा समुहको आयोजनामा १ दिने विपद् पूर्व तयारी तथा प्रतिकार्यको लागि स्थानीय शिक्षा समुह गठन ,परिचालन, समन्वय र अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको अध्यक्षमा सम्पन भएको छ ।
उक्त कार्यक्रममा शिक्षा समितिका सबै सदस्य, प्र अ , स्थानीय रेड क्रस, शिक्षा सङ्ग सरोकार राख्ने अन्य संघ सस्था, तथा स्थानिय पालिका का सम्बन्धित शाखाका प्रतिनिधि हरुको उपस्थितिमा सम्पन्न भएको छ । जसमा गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार चौधरी ज्यूको संयोजकत्व मा ९ सदसिय पटेरवा सुगौली गाउँपालिका शिक्षा समुह गठन भएको छ र सदस्यहरू गाउँ पालिका उपाध्यक्ष श्रीमती ममता महतो, वार्ड अध्यक्ष श्री विजय गैरे, जाँदो लाल साह, श्याम घिमिरे र सदस्य सचिव पालिका शिक्षा प्रुमुख सम्भु साह लागायतका सदस्यहरू रहेका छन्।
यस अभिमुखीकरणमा सिकाइ निरन्तर अभियान को अवधारणा , महत्व , आवश्यकता र यसको प्रयोग बिधिको बारेमा बिस्तृत जानकारी गराइएको तथा आउने दिनहरुमा कुनै बिपद वा महामारी आएको खण्डमा विभिन्न किसिमका पढाई का बैकल्पिक बिधिहरु प्रयोग गरि बालबालिका हरुको पढाईमा हुने क्षतिलाइ न्यूनीकरण गरि उनिहरुको पढाई सिपमा सुधार ल्याउन सकिन्छ ! जस्तै : टेलिफोनमा आधारित शिक्षण सिकाइ, सन्दर्भ सामाग्रीको प्रयोग ,पढाई अभियान ,टोल शिक्षा, घुमती पढाई अभियान लगायत CEHRD, NCED virtual Class जस्ता अन्य विभिन्न Learning portal हरुको प्रयोग गरि शैक्षिक क्षतिलाइ सुधार्न सकिन्छ ! साथै आउने दिनमा यस शिक्षा समुहलाई बढी सक्रिय बनाई पालिका को समग्र शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउनमा सक्रिय सहभाँगिता गराउने र विपद् तथा त्यसको प्रतिकार्य को लागि आवस्यक पहल कदमी गर्ने र सही तरिकाले परिचालन गर्ने र स्थानिय तहमा कार्यरत अन्य गैसस सङ्ग समन्वय र सहकार्य गरी आगाडी बढ्ने मा केन्द्रित रहने छ।
आजको अभूखिकरन कार्यक्रममा पालिका को शिक्षा अधिकृत श्री सम्भु साह र पालिका क्लस्टर कोर्डिनेटर मित्र देब यादव ले सहजीकरण गरेका थिए ।