वीरगन्ज । पर्सा प्रहरीले २ लाख बराबरको अवैध चकलेटहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटेको टोलिले वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट उक्त अवैध चकलेटहरु बरामद गरेको छ ।
छिमेकी मुलक भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी मूल्य २ लाख ९ हजार रुपैयाँ बराबरको बिभिन्न किसिमको चकलेटहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सामा बुझाईएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी गराएका थिए ।