पर्सा । जिल्ला प्रहरी कार्यालयको नियंत्रणबाट एकजना तस्कर मोटरसाइकल सहित बेपता भएको घटना प्रकाशमा आएको छ । गोप्य सुचनाको आधारमा शनिबार बिहान करिब ९ बजेको समयमा ईलेक्ट्रोनिक्स पार्टस बीरगन्ज पुर्याउने क्रममा तिलावे पुल आसपासबाट पक्राउ परेका तस्कर जिल्ला प्रहरीबाट लापता भएपछि अहिले पर्सा प्रहरी भित्र खैलाबैला मचिएको छ । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टी टोल निवासी नागादास तत्वा ना ३८ प ९०७४ नम्बरको मोटरसाइकल लिएर जिल्ला प्रहरी बाटै बेपता बनेका छन ।
पर्सा प्रहरीको क्राईम ब्रान्चको टोलीले शनिवार तस्करीको सामान सहित नियंत्रणमा परेका तस्कर र मोटरसाइकल बारे सोमबार संचारकर्मीहरू बुझन खोज्दा जिल्लाबाट तस्कर फरार भएको रहस्य खुलेको हो । क्राईम टोलीले नियंत्रणमा लिने क्रममा फ्रिज बासिग मशिनको पार्टस बोकेका तत्वाले प्रहरी संग धक्का मुक्की समेत गरेको थिए ।
मोटरसाइकलको साचो नदिए पछि प्रहरीले लोडर मार्फत मोटरसाइकल गाडीमा लोड गरि तत्वालाई जिल्ला प्रहरी ल्याएको थियो । पक्राउ पर्ने ठाउमा तत्वाले प्रहरीलाई २० हजार रकम दिने प्रयास गरेको तर क्राईम ब्रान्चबाट खटेको टोलीले अस्विकार गरि उनलाई जिल्ला पुर्याएको श्रोतले जनाएको छ । तर आईतवार तस्कर र मोटरसाइकल जिल्लाबाट गायब भएपछि प्रहरी अधिकृतहरू कै भुमिका माथि प्रशन उठेको छ ।
आईतवार बिदा भएकोले सोमबार सार्वजनिक गरिने संचारकर्मीलाई जवाब फर्काएका डिएसपी चक्र मल्लले सो घटनाबारे सोमबार कुरा गर्न चाहेका छैन्न । उनकै आदेशमा मोटरसाइकल सहित तस्कर छुटेको जिल्ला प्रहरीमा चर्चा छ । रकम बुझेर तस्करलाई उन्मुती दिने पटेर्वा सुगौलीका प्रहरी निरिक्षकलाई कार्यवाही गर्ने जिल्ला प्रहरी प्रमुखले यस घटनामा के गर्लान ? जिल्ला प्रहरीको हाता भित्रबाट कसरी तस्कर र मोटरसाइकल निस्केको हो ? यसबारे छानबिन गरि कार्यवाही गर्ने प्रहरी उपरिक्षकले आदेश गरेको बुझिएको छ ।
यस अघिपनि प्रहरी उपरिक्षक पवन भट्टराईले दुई जना ईन्सपेक्टर लाई कार्यवाही गरेपछि चर्चा कमाएका थिए । अबयस घटना के हुन्छ हेर्न बाकी छ । प्रहरीले बरामद गरेको ईलेक्ट्रोोनिक्स पार्ट्सको मूल्य करिब १ लाख रहेको छ । तत्वाले रक्सौलबाट विभिन्न प्रकारका स्पेयर्स पार्ट्स ल्याएर वीरगंजका पसलमा पुर्याउने गर्छन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बरामद सामानको मूल्य कम रहेको बताउदै व्यक्ति र मोटरसाइकल छाडिएको प्रतिक्रियाले पर्सा प्रहरीलाई बदनाम बनाएको छ । बरामद सामानको मूल्य कम भएको भन्दै पक्राउ परेका व्यक्ति र सामान ओसारपसारमा प्रयोग भएको भनिएको मोटरसाइकलसमेत फिर्ता गर्नुको आधार के हो ?पक्राउपछि आवश्यक कानुनी प्रक्रिया किन अगाडि बढाइएन ? यस्ता प्रश्नको जवाफ प्रहरीले सार्वजनिक गर्नुपर्ने देखिन्छ ।
अझ, पक्राउ परेको व्यक्ति र मोटरसाइकल दुवै सहज रूपमा फिर्ता भएको घटनाले आर्थिक लेनदेनका आधारमा छुटकारा दिइएको हो कि कानुनी प्रक्रियाअनुसार निर्णय गरिएको हो भन्ने आशंका जन्माएको छ ।
सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको नाममा अभियान चलाउने प्रहरी संगठनले पक्राउ र बरामदको तथ्यांक देखाएर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको मान्न सक्दैन । बरामद सामानको मूल्यांकन, पक्राउपछि अनुसन्धान, कानुनी प्रक्रिया र अन्ततः व्यक्ति तथा सवारी साधन फिर्ता गर्नुको आधार पारदर्शी हुन आवश्यक छ ।
तस्करी नियन्त्रण गर्ने प्रहरीकै कारबाही प्रक्रिया शंकाको घेरामा परेको यस घटनामा निष्पक्ष छानबिन आवश्यक देखिएको छ ।