वीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकी महिला नेतृ रेनु सर्राफ जनमत पार्टीमा प्रवेश गरेकी छिन् । जसपा नेपालको महिला संगठनकी वीरगन्ज महानगर अध्यक्षसमेत रहेकी सर्राफ बिहीबार जनमत पार्टीमा प्रवेश गरेकी हुन् ।
पहिलो मधेस मधेस आन्दोलनमा सक्रिय भूमीका निर्वाह गरेकी नेतृ सरार्फलाई बिहीबार वीरगन्जस्थित जनमत पार्टीको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओम प्रकाश सर्राफ लगायतका नेताले खादा लगाएर पार्टीमा स्वागत गरे । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का युवा राजु गुप्तापनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, युवा नेता राजुराज गिरी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।