वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर -१ छपकैयामा जनमत पार्टीको भेटघाट कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा जनमत पार्टी प्रति आकषिर्त भई स्वेच्छाले स्थानीय प्रभावशाली युवा नेता किसोर कुशवाहा, भोला ठाकुरको नेतृत्वमा करिब ८० जना स्थानीय महिला पुरुष जनमत पार्टीमा आबद्ध भएका छन्।
स्थानीय युवा नेता राज साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद,नेतृ रम्भा मिश्रा, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, महानगर सचिव सहनवाज राकी, विद्यार्थी जिल्ला अध्यक्ष बिबेक झा,नेताहरु बृजकिसोर कलवार,कृष्ण कुशवाहा लगायतको उपस्थिति रहेको थियो।