वीरगञ्ज । रौतहट जिल्लामा घरायसी विवादका कारण आक्रोशित एक जना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाइते भएका छन् ।
जिल्लाको देवाही गोनाही नगरपालिका – ३ देवाही टोलका ७० वर्षीय कञ्चन बैठालाई शनिवार साँझ ३० वर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले बताए ।
घटना लगतै इलाका प्रहरी कार्यालय गोनाहिबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलकुमार लुङ्गेलीको नेतृत्वमा गएको टोलीले आरोपी छोरा रबिन बैठालाई पक्राऊ गरी हिरासतमा राखेको छ ।
घटना सम्बन्धी अनुसन्धान अगाडि बढाइएको डिएसपी रायले बताए ।