बिरगंज । वीरगन्ज कपडा बैंकको सोमबार बसेको बैठकले विश्वप्रसिद्ध गढिमाइ मेलाको अवसरमा निशुल्क कपडा वितरण गर्ने निर्णय गरेको छ । बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बसेको बैठकले यहि मंसिर २२ गते शनिबार बारा जिल्ला कलैयाको भरतचोकमा निशुल्क कपडा वितरण गर्ने निर्णय गरेको हो ।
विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेला यहि मंसिर १ गते देखि शुरु भै सकेको र आज देखि मुख्य मेला सुरु भएको साथै २३ गते राङ्गा बलि र २४ गते सोमबार बोका लगायतको बलि चढाउने कार्यक्रम लाई ध्यानमा राखी २२ गते कपडा वितरण गर्ने निर्णय गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताउनु भयो ।
सो अवसरमा बैंकका संरक्षक सुरेन्द्र कुर्मी ,निवर्तमान अध्यक्ष रम्भा मिश्रा,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता ,अधिवक्ता प्रकाश उपाध्याय,ओमप्रकाश सराफ, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका ,अधिवक्ता आशुतोष तिवारी,केदार गुप्ता ,पवन गुप्ता,सदस्यहरु निला कुमारी राम,संजय मण्डल ,जानकी देवि,अभिलाष गुप्ता र कर्मचारी शोभादेविको सहभागिता रहेको थियो ।