वीरगन्ज । जनमत पार्टीका युवा नेता बृजेश चौधरीले पर्साको जगरनाथपुर गाउँपालिका मसियानी गाउँका आगलागी पीडित श्रीराम ठाकुर हजामलाई नगर पाँच हजार सहयोग गरेका छन ।
गएको ३ गते एक्कासी उनको गोठमा आगलागी भएको थियो । लामखुट्टे धपाउनको लागी बालिएको आगोबाट आगजनी भएको अनुमान गरिएको थियो । आगलागीबाट करीब ४ लाख बराबरको क्षति भएको पीडित ठाकुरले बताएका छन ।
पीडितलाइ रेडक्रस पर्साबाट केही समानहरु उपलब्ध भएको छ भने उनकै गाउँमा रहेको विद्यालयमा अध्ययनरत केही छात्र छात्राहरुबाट सहयोग स्वरूप २१००/ नगद प्राप्त भएको छ ।
पीडित परिवारलाइ अहिले सम्म गाउँपालिका तथा अन्य कुनै निकायहरुबाट सहयोग उपलब्ध नभएको कारण थोरै भए पनि केही सहज होस भनी उदेश्यले चौघरीले पीडितको घर मैं गई नगद रु ५ हजार रुपैया सहयोग गरेको बताएका छन ।