पर्सा । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको ६१ औं स्थापना दिवसको उपलक्ष्यमा रेडक्रस सोसाइटी पर्सा अध्यक्ष वीरेन्द्र कंडेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष कंडेलले झण्डा तोलन गरेर कार्यक्रमको शुभआरम्भ गरेका थिए साथै रेडक्रसका संस्थापक जा.हेनरी ड्युनाको फोटोमा माल्य आर्पण सहित फुल एवं अबिर चढाएका थिए ।
नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका अध्यक्ष कंडेलको अनुसार आज ६१ औं स्थापना दिवसको अवसरमा रक्तदान एवम् विभिन्न कार्यक्रम गर्ने आयोजना मध्ये अहिले रक्तदान कार्यक्रम भयो भने बेलुका घन्टाघरमा दिप प्रजवलन कार्यक्रम रहेको जानकारी गराएका छन् ।
सो कार्यक्रममा नेपाल रेडक्रसका उपाध्यक्ष मधु राणा, दिनानाथ रौनियार, महन्त प्रसाद यादव , नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता, लालबाबू सिंह, दया संकर सिंह, सौरभ राज पाण्डे, राजन श्रीवास्तव,मनिस गुप्ता,बिरसमसेर कुर्मी,लक्ष्मी राउत,मिना क्षेत्री,राजु साह लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो ।