पर्सा । मधेश प्रदेशको पर्सा जिल्लामा मलखादको व्यापक कालोबजारी सुरु भएको छ । मधेश प्रदेश सरकारले निर्धारित कोटा बनाएर मधेश प्रदेश सरकारले वितरण गर्ने मलखादको कालोबजारी सुरु भएको छ ।
मधेश प्रदेश सरकारका मन्त्रीहरुको स्वकियहरुले कमिसन मार्फत मलखादको दिन सिफारिश सुरु गरे सँगै मलखादको व्यापक कालोबजारी सुरु भएको छ ।
मधेश प्रदेश सरकारले वितरण गर्ने मलखादको कोटालाई मन्त्रीकै स्वकियहरूले कमाई खाई भाँडो बनाए सँगै यस्तो विकृतिहरु सुरु भएको भने कालोबजारी गर्नेहरुका लागि कुनौलो अफर नै आएको छ ।
मन्त्रीका स्वकियहरुले मन्त्री कै जानकारी बगैर कृषिका हाकिम देखि साल्ट ट्रेडिङका हाकिमलाई मन्त्रीहरुको नामले फोन गरी धम्की दिँदै आफना निकट सहकारी संस्था अथवा कमिसन दिएका सहकारी हरुलाई मात्र मलखाद उपलब्ध गराउन भन्दै आएका छन् ।
स्वकियहरुले फोन गरेका सहकारीलाई मलखाद उपलब्ध नगराए हाकिमहरू खैर नहुने नाम नखुलाउने शर्तमा एक कर्मचारीले बताए । कमिसनको भरमा मलखाद किनेर सहकारीहरुले आफू खुसी दररेट तोकी मलखाद बिक्री वितरण गर्ने गरेका छन् । नियमसंगत सबैले मलखाद पाउने भए पनि कमिसनको भरमा मात्र केही सहकारीहरुले मलखाद पाउँदा कालोबजारी सुरु भएको भएको छ।
यसरी मलखादको कालोबजारी भने पकहामैनपुर गाउँपालिकामा बढी भएको भएको छ भने भर्खरै कालोबजारी गरी धोबिनीको लागि लगिएको मलखाद बीरगंजको अपौंनीमा बिक्री वितरण गर्दा जिल्ला प्रसाशन कार्यालय पर्साले आफ्नो नियन्त्रणमा लिएको छ ।