वीरगन्ज १० कार्तिक : बदादसैँको आज मुख्य दिन, विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसाद स्वरुप टीका र जमरा थापेर मनाइन्छ । समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने बताउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेमा जोड दिँदै शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेको उहाँले बताउनुभएको छ ।