काठमाडाैं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको समूह आज निर्वाचन आयोग जाँदै छ। उनीहरूले पार्टी विभाजन गरी नयाँ समूह गठन गरेका अशोक राई समूहमाथि कारबाहीको माग गर्दै आयोगसँग भेट गर्न लागेका हुन्।
जसपाले केही समयअघि निर्वाचन आयोगमा अशोक राई समूहका नेताहरूविरुद्ध कारबाहीको सिफारिस गरेको थियो। सिफारिसअनुसार राई नेतृत्वको समूहमा आवद्ध केही जनप्रतिनिधि र नेताहरूलाई पार्टीले अनुशासनको कारबाही गर्न भनेको थियो। जसपाको दाबीअनुसार, तीमध्ये कतिपय नेता पार्टी विभाजनमा सक्रिय भए पनि आफ्नो औपचारिक सनाखत नगरी नयाँ समूहमा आबद्ध भएका छन्। तर, निर्वाचन आयोगले अहिलेसम्म कुनै निर्णय नगरेको भन्दै यादव समूह असन्तुष्ट बनेको छ।
आफ्नो गुनासो र कारबाही प्रक्रिया छिटो टुंगो लगाउन दबाब दिने उद्देश्यले जसपाका नेताहरू आयोग जान लागेको जनाइएको छ। जसपा नेताहरूको भनाइ छ कि निर्वाचन आयोगले यस विषयमा चाँडो निर्णय नगर्दा पार्टीको एकताको भावना कमजोर भएको छ र यसले राजनीतिक अन्योल सिर्जना गरिरहेको छ।
निर्वाचन आयोगले यसअघि नै राजनीतिक दलहरूको विवाद समाधान गर्ने जिम्मेवारी लिने गरेको भए पनि, अशोक राई समूहसँग जोडिएको यो विषय अझै टुंगोमा पुग्न सकेको छैन। जसपाले आयोगसँग स्पष्ट जवाफ र निर्णयको अपेक्षा गर्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ