वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट सालको गोलिया बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ रतनपुरबाट अवैध रुपमा लैजाँदै गरेको अवस्थामा सालको काठ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले बताए ।
उनकाअनुसार विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोली रतनपुर पुगेको थियो । ठूलो मात्रामा काठ तस्करी भइरहेको सूचना पाएपनि ३५ क्युबिक फिट काठको गोलिया बरामद भएको धिमालले बताए ।